सल्यानमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका नजिकै दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मूलपानीनजिकै बुधबार बिहान २ बजे जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु भएका कसैको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई उपचारको लागि कपुरकोट गाउँपालिकाको एम्बुलेन्समा दाङ लगिएको छ । अहिले ट्राफिक तथा इलाका प्रहरी कार्यालय कपुरकोट, लुहामको प्रहरीको टिम घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ ।