मकवानपुरगढी गाउँपालिकामा आजदेखि तेस्रो संस्करणको गाउँपालिका स्तरीय रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । मकवानपुरगढी–६ स्थित डुम्रेकुनामा रहेको सनराईज युथ क्लवको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।

No description available.

सनराईज युथ क्लवका अध्यक्ष अशोक स्याङ्तानको सभाध्यक्ष तथा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष मान कुमारी पाख्रिनको विषेश आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो । आज पहिलो दिन ६ खेल सम्पन्न भएको छ । खेल लिग चरणमा खेलाएको छ । नेपालीहरुको महान चाड बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा सधैंका वर्षहरुमा झै यस वर्षपनि प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष स्याङ्तानले बताए । अध्यक्ष स्याङ्तानका अनुसार स्थानीय स्तरमा छरेर रहेका उदयमान युवा खेलाडीहरुको पहिचान तथा प्रोत्साहन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्मको खेल खेल्न सक्ने खेलाडी उत्पादन गर्नको लागि टेवा पुग्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको छ । आजबाट सुरु भएको प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने छ । पालिकाभित्रका ७ टिमले सहभागिता जनाएको छ ।

May be an image of 6 people and people standing

उद्घाटन कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष विदुर हुँमागाई , वडा नंम्बर १ का वडाध्यक्ष आईत सिंह लो , वडा नंम्बर २ का वडाध्यक्ष बखान सिंह पाख्रिन , वडा नंम्बर ६ का वडाध्यक्ष कृष्ण प्रसाद बजगाई , वडा नंम्बर ८ का वडाध्यक्ष कुमार घिसिङ , वडा नंम्बर ६ का पुर्व वडाध्यक्ष टिका प्रसाद दाहाल , जिल्ला भलिबल संघ मकवानपुरका अध्यक्ष बसन्त कुमार सिटौला , जिल्ला भलिबल संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष ईन्द्र प्रसाद संजेल लगाएत स्थानीय र खेलाडीहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद ३० हजार तथा शिल्ड , मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद २० हजार तथा ट्रफी, मेडल , प्रमाणपत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताभर उत्कृष्ट खेलाडीहरु विशेष प्रोत्साहन प्रदान गरिने आयोजकले जनाएको छ ।