Comments Add Comment

सरकार र उखु किसानबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं – सरकार र आन्दोलनरत उखु किसानबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि उखु किसानको आन्दोलन स्थगित छ ।

सहमतिअनुसार चिनी मिल सञ्चालकहरुले किसानको बक्यौता माघ ७ गतेभित्र उपलब्ध गराउने छन् । यसका लागि पहल तथा समन्वय सरकारले गर्नेछ ।

सरकारले दिने अनुदान समयमै उपलब्ध गराउन उद्योग मन्त्रालयले अर्थ र कृषिलाई लेखेर पठाउने सहमति पनि भएको छ ।

उखु किसान र सञ्चालकहरुसँग सम्बन्धित उखुको उत्पादकत्व बढाउने, किसानहरुलाई समयमै मल, बीउ लगायत मेसीन उपलब्ध गराउने, नेपाली चिनी उद्योगलाई आत्मनिर्भर र चिनी निर्यात समेत गर्न सक्ने बनाउन चिनी उद्योगको सहउत्पादनको उपयोग, उखु बापतको रकम तत्काल भुक्तानी गर्न चिनी उद्योगहरुलाई आवश्यक चालु पुँजी र नगद प्रवाहको व्यवस्थापनका उपाय सिफारिस गर्न तथा उखु किसानहरुको हरेक वर्ष देखिने भुक्तानी समस्याको दिगो समाधान गर्न उखु खरिद बिक्री गरेको रकम तुरुन्त भुक्तानी हुने स्वचालित प्रणाली बनाउने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिवको संयोजकत्वमा सरोकारवाला निकायहरु चिनी उद्योगी, किसान प्रतिनिधि र विज्ञहरु समेत रहेको कार्यदल गठन गर्ने सहमति पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर