मकवानपुरकी चेली सुमियन पाख्रिन नेपाल आईडल सिजन ४ को टप ९ मा प्रवेश गरेकी छिन् । एपिवन टेलिभिजनबाट प्रत्येक शाताको बिहिबार र शुक्रबार प्रशारण हुँदै आइरहेको रियालिटी शो मा बिहिबार को ईलिमिनेशन डे मार्फत उनि सुरक्षित हुँदै टप ९ मा प्रवेश गरेकी हुन् ।

प्रत्येक शाता भोटको कमी भएर बटम ३ मा पर्दै आइरहेकी उनले अत्याधिक भोट गरी बटम ३ बाट हटाईदिन दर्शक माझ अपिल गरेकी छन् । अब उनले टप ८ को लागि प्रस्तुती दिनेछिन् । टप ८ को लागि शुक्रबारको प्रस्तुती पछि भोटिङ लाईन सोमबार मध्यान्ह् १२ बजेसम्म खुल्ला हुने छ । भोट गर्नका लागि एनटिसी , एनसेल र स्मार्ट फोनबाट मोबाईलको एसएमएस बक्समा गई ११ टाईप गरी ३७००० मा अनि सेलपे एप डाउनलोड गरी भोट गर्न सकिनेछ भने देश बाहिरबाट सृष्टी एप डाउनलोड गरी भोट गर्न सकिनेछ ।

को हुन् सुमियन पाख्रिन ?

सुमियन पाख्रिन मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १५ मा बस्छिन् । बुवा भिम बहादुर पाख्रिन र आमा देवीमाया दोङको कोखबाट जन्म लिएकी उनि चार दिदि बहिनी मध्य कान्छी सुपुत्री हुन् । उनी पहिलेदेखि नै संगितमा रुचि राख्थिन् र उनि क्रिष्ट्रियन भएकै कारण उनि शनिबार रशनिबार चर्चमा गएर गीत गाउँथिन् र घरमा हुँदा दाईले गितार बजाउने र उनले गीत गाउँथिन् । उनी बाल्यकालदेखि नै चञ्चल स्वभावकी थिईन् । कान्छी छोरी भएकै कारण उनलाई घरमा सबैले माया गर्छन् ।