
मकवानपुरको मकवानपुरगढी गाउँपालिका ५ नंम्बर वडाको सिमलटारमा कोल्ड च्याम्बरको उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ । आइतबार एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रीनले कोल्ड च्याम्बरको उद्घाटन गरेकी हुन् । च्याम्बरको उद्घाटन गर्दै उपाध्यक्ष पाख्रिनले ठुलो परिणामको नभए पनि थोरै भएपनि आलु लगायत अन्य उत्पादित तरकारी राख्न किसानलाई सहज हुने बताईन् । उनले तरकारीजन्य उत्पादित क्षेत्रमा थप गरि किसानहरुलाई सहज बढाउन पालिकाले सहजिकरण गरिने पनि बताइन् ।
सहकारीले आजै वातावरण दिवसको अवसरमा वृक्षारोपण समेत गर्नुका साथै जैविक मल र त्यसको प्रयोगको बारे छलफल गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष राधिका छत्कुलीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गाउँपालिकाका निवर्तमान अध्यक्ष विदुर हुमागाई , ५ नंम्बर वडाध्यक्ष दिपेश दहाल , ओमन लिडर फोरमकी छायाँ शर्मा, नेपाल बंगलादेश बैंकका सलुनिका सिंह, गाउँपालिका शाखाका प्रमुख बद्री विक्रम थापा, वडा सदस्य अर्जुन बहादुर रुम्बा, सुकुराम थिङ, गाउँपालिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरी लगायत सहकारी संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




