
हेटौंडा ५ स्थित पिप्ले रंगशालामा जारी चौथो स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस क्लवले विजयी सुरुवात गरेको छ । आज आईतबार भएको दोस्रो खेलमा खुमलटार क्लवलाई २ १ गोलले पराजित गर्दै पुलिस वियजी भएको हो । पुलिस विजयी भएसँगै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
जितको लागि पुलिसका खेलाडी अभिषेक रिजाल र भरत साहले एक–एक गोल गर्दा खुमलटारका दिवस छन्त्यालले एक गोल फर्काए । खेलमा म्यान अफ द म्याच खुमलटारका दिवस छन्त्याल घोषित भए । उनले ट्रफि सहित नगद १० हजार प्राप्त गरे । त्यस्तै भालि सोमबार एपिएफ र त्रिभुवन आर्मी क्बलविच खेल हुने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता टोलिले शिल्ड,मेडल र प्रमाणपत्रसहित १५ लाख र उपविजेता टोलिले १० लाख प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले बुलेट मोटरसाईकल प्राप्त गर्ने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




