मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ४ स्थित नारायणीमलमा रहेको रेडियो सरोबर ९२.५ मेगाहर्जले मकवानपुरका स्थानीयतहका उप–प्रमुखहरुलाई सम्मान गरेको छ । रेडियोले बुधबार तिज विशेष कार्यक्रमको आयोजना गरी सरोबर चेली सम्मान मार्फत मकवानपुरका उपमहानगरपालिका र गाउँपालिका उपाध्यक्षहरुलाई सम्मान गरेको हो । मकवानपुरमा रहेर विभिन्न सामाजिक तथा राजनैतिक क्षेत्रमा योगदान पुर्याएका उपप्रमुखहरुलाई सरोबर चेली सम्मानु स्वरूप सम्मान गरिएको रेडियो सरोबरका स्टेसन मेनेजर राजु लामिछानेले बताए ।

No description available.

रेडियोले चेली सम्मान संगै दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगिता गरेको छ । चाडपर्व र कला सस्कृतिको जगेर्ना गर्नका लागि एफएमले हरेक वर्ष खुला दुना टपरी तथा बत्ति काट्ने प्रतियोगिता तथा मकवानपुरे चेलीलाई तिज छेकोमा सम्मान गर्न्मे गरेको लामिछानेले बताए । सरोबरले हेटौडा उपहानगरपालिकाकी उपमेयर मिना लामा, बकैया गाउपालिकाकी उपप्रमुख सरला वोलाखे, भीमफेदी गाउपालिकाकी उपप्रमुख पार्वती राना, इन्द्र सरोबर गाउपालिकाकी उपप्रमुख उमा कुमारी लामा, राक्सिराङ गाउपालिकाकी उपप्रमुख निर्मला डिमडुङ, मनहरी गाउपालिकाकी उपप्रमुख मनिला विष्ट, गढी गाउपालिकाकी उपप्रमुख हर्क माया रुम्बा, बागमती गाउपालिकाकी उपप्रमुख धनमाया स्याङ्तान र कैलाश गाउपालिकाकी उपप्रमुख सुकुमाया थिङलाइ सम्मान गरेको हो ।

No description available.

बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगितामा १० जनाले सहभागी जनाएका थिए । प्रतियोगितामा तेस्रो सिता अधिकारी, दोस्रो सिता मैनाली र प्रथम वेगम बराल भएका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई विभिन्न चांदीका उपहार र प्रमाण–पत्र वितरण गरिएको थियो ।