आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि राष्ट्रिय प्रजातान्त्रीक (नेपाल) मकवानपुरले पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ । थापालाई गृह क्षेत्र मकवानपुरको क्षेत्र नंबर १ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस गरिएको राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।

शनिबार हेटौँडामा भएको राप्रपा मकवानपुरको जिल्ला संयुक्त बैठकले पूर्व उपप्रधानमन्त्री समेत रहेका थापालाई सर्वसम्वत उम्मेद्वार बनाउने निर्णय गरेको हो । जिल्लाको अन्य प्रतिनिधि तथा प्रदेशसभा क्षेत्रमा भने अर्को बैठकले नाम तय गर्ने राप्रपा नेपाल मकवानपुरले जनाएको छ ।