मकवानपुरमा बुधबार साँझ ७ जनालाई कोरोना भाईरस पुष्टि भएको छ । बुधबार बिहान २९ जनाको स्वाब संकलन गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाँईले जानकारी दिएका छन् । संक्रमित हुनेहरु मध्य ३ महिला र ४ पुरुष रहेका छन् ।