बागमती प्रदेशको राजधानी हेटौंडा बजार क्षेत्रमा यात्रुहरुलाई आराम गरेर बस्नका लागि सिमेन्टका कुर्सी राखिएको छ । यात्रुहरुलाई बस्नका लागि सिमेन्टका २५ वटा कुर्सी राखिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताएका छन् । सिमेन्टका कुर्सी राखिएपछी यात्रुलाई बस्नका लागि पनि सहज भएको र यस क्षेत्रमा सुन्दर समेत देखिएको छ । हेटौंडाको बुद्धचोकमा ४ वटा, सिमाचोकमा ३ वटा, अजरअमररोडमा २ वटा, बासुकला चोकमा ३ वटा, मानसचोकमा २ वटा, नगरपालिका रोडमा ४ वटा, मनकामना जाने बाटोमा ६ वटा कुर्सी राखिएको छ ।