
हरेक वर्ष हेटौंडामा आयोजना गरिने हेटौंडा भेट्रान्स कप फुटबल खेलको छैंटौ संस्करण आगामी माघ ६ गतेदेखी आयोजना गरीने भएको छ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतियोगीतामा चालिस वर्ष माथिका उमेर समुहका पुर्व राष्ट्रिय खेलाडीहरुको सहभागीता रहने छ । छैटौ संस्करणको खेलका लागी हेटौडा भेट्रान्स ब्लबका सदस्य कबिन साँगामीलाई कार्यक्रम संयोजकका रुपमा चनय समेत गरीएको छ ।
१६ टिमको सहभागीतामा खेलाईने खेलको तयारीका लागी विभिन्न समितिहरु निमाण गरेर अगाडी बढीएको संयोजक साँगामीले बताए । हेटौंडा ४,लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा आयोजना गरिने प्रतियोगिताका लागि खेलमैदान निर्माण कार्यलाई अगाडी बढाउने कार्य भैरहेको ब्लबका अध्यक्ष दिपक बज्रचार्यले बताए । जिल्लामा हुने यो प्रतियोगीताले तन्नेरी युवा खेलाडीहरुमा समेत प्रोत्सान मिल्ने गरेको छ । खेलले शारिरीक अभ्यास संगै स्वास्थ्य रहन समेत मद्धत पुग्ने उर्देश्यका साथ फुटबल खेलको विकाशको लागी प्रतियोगीता आयोजना गरीन लागेको ब्लबका उपाध्यक्ष नवराज बज्रचार्यले बताए । हेटौंडा भट्रान्सले स्वाथ्यका लागी खेल भन्ने नाराका साथ हरेक वर्ष प्रतियोगीता आयोजना गर्दै आएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ रुपँया तथा शिल्ड,द्धितिय हुने टिमले नगद ५१ हजार १ सय ११ रुपँया सहित शिल्ड र उत्कृष्ठ खेलाडीले १० हजार नगद पुरस्कार प्राप्त गर्ने उपाध्यक्ष बज्राचार्यले बताए । खेलमा उत्कृष्ठ मिडफिलडर,फरवड्,डिफेन्डर,गाृल्किपर र समुह कोचलाई समेत जनही ५ हजारका दरले पुरुस्कार प्रदान गरीने कार्यक्रम संयोजक साँगामीले बताए । प्रत्येक खेलको म्यानअफ द म्याच समेत घोषणा गरीनेछ ।