2025-12-10 2:58 am

नेपाल कुवेतसँग पराजित

एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४–१ गोलले पराजित भएको छ । शनिबार राती कुवेतको जाबेर अह अहमेद ईन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा नेपाल कुवेतसँग पराजित भएको हो । कुवेतका लागि युसुफ अल सुलाईमानले ४८ र ७० मिनेटमा गोल गरे ।

त्यस्तै, फहल अल रासपदीले २८ र मुबारक अल फानेनीले ७३ मिनेटमा गोल गरे । समूहमा नेपालको यो लगातार दोस्रो हार हो । नेपालका लागि दर्शन गुरुङले ईन्जुरी टाईममा सान्त्वना गोल फर्काए । पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad