
हेटौंडा–९ स्थित पशुपतिनगरमा ग्यास बुलेटको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। शनिबार विरगंजबाट हेटौंडा तर्फ आउदै गरेको भारतीय एन एल ०१ एल २९७१ नम्बरको ग्यास बुलेटले विपरीत दिशाबाट आउदै गरेको ना ६१ प ४५९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा रहेका हेटौंडा–९ का बाब् छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा बाबु ५५ बर्षीय इश्वर तामाङ्ग र छोरी २६ बर्षिया अमिना तामाङ्ग रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घाइते दुवैको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने बुलेट र चालक मकवानपुर प्रहरीको नियन्त्रणमा रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




