
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो सहिद स्मृती स्थानीय तह अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्बल फाईनल प्रवेश गरेको छ । शनिबार हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सम्पन्न खेलमा क्याम्रुनी एभिनियर क्लवलाई ट्राईब्रेकरमा पराजित गर्दै आर्मी फाईनल प्रवेश गरेको हो ।
निर्धारित समयमा दुबै टोलीको १–१ गोलको बराबरीमा सकिएपछि खेल ट्राईब्रेकरबाट छिनोफानो गरेको होे । ट्राईब्रेकरमा आर्मीले क्याम्रुनी टोलीलाई ११–१० गोलले पराजित गरेको हो । खेलको पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातीमै आर्मीका दिनेश हेम्जनले गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । तर, त्यो अग्रता खेलको अन्त्य सम्म टिक्न सकेन । एभिनियर एफसीका डिजिकाले गोल गर्दै टोलीलाई खेलमा फर्काए ।
खेलको म्यान अफ द म्याच आर्मीका दिनेश घोषित भए । उनले नगद १० हजारसहित शिल्ड प्राप्त गरे । अब उपाधिका लागि यही जेष्ठ ३० गते सोमबार घरेलु टोली विजय युथसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल र विधागत उत्कृष्ट हुने खेलाडी र प्रशिक्षकले जनही २५–२५ हजार प्राप्त गर्नेछ ।
तस्विर : राजन कटुवाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




