सहिद स्मृति गोल्डकप : एपिएफ बागमतीसँग पराजित, आज संकटा र मछिन्द्र भिड्ने

अनलाइन पत्र संवाददाता२०७७ चैत्र ०२ No Comments

हेटौंडाको फोरेष्ट्रि मैदानमा जारी स्थानिय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा एपिएफललाई हराउँदै बागमती क्लव सर्लाही क्वाटटर फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा बागमतीले एपिएफलाई २–१ गोल अन्तरले पराजित गरेको हो । जितका लागि बिक्रम धिमाल र सागर शाहीले एक एक गोल गरे भने एपीएफको तर्फबाट रवि थिङले पेनाल्टिको सदुपयोग गर्दै एक गोल फर्काएका थिए । म्यान अफ दि म्याच बागमती युवा क्लवका विक्रम धिमाल घोषित भए । उनले नगद १० हजार पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै आज संकटा क्लव काठमाण्डौ र मछिन्द्र क्लव बिच खेल हुने आयोजकले जनाएको छ ।

Ad
Ad