मकवानपुरको पूर्वी गाउँपालिका बागमती गाउँपालिकामा चौँथो बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गदै खेलको विषयमा जानकारी दिएको छ । गोल्डकपको चौथो संस्करण चैत १३ गते देखि २२ गतेसम्म हुने भएको छ । बागमती खेलकुद विकास समितीको आयोजनामा हुने प्रतियोगितामा समितिका अध्यक्ष भिम बहादुर राइले प्रथम हुने टिमले ८ लाख र दोस्रो हुने टिमले ४ लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा ए डिभिजन र मोफसलका टिमसहित १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५१ हजार तथा विधागत उत्कृष्ट खेलाडी ६ विधामा जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष राईले बताए । प्रतियोगिता जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने र प्रतियोगितामा ७७ लाख ४५ हजार रुपैंया खर्च हुने उनले बताए ।