Coronavirus COVID-19

रियाल मेड्रिडको जितसँगै उपाधी नजिक

[Ads]

Advertisement

स्पेनिस ला लिगाको शीर्ष स्थानको रियाल मड्रिडले अलाभेसलाई uP/ftL ePsf] v]ndf दुई शून्यले हराउँदै उपाधि यात्रामा एक कदम नजिक पुगेको छ । रियालले अलाभेसलाई घरेलु मैदानमा सहज रुपमा हरायो । रियालका लागि करिम बेन्जिमा नायक बने । जारी लिगमा लगातार आठौं खेलमा जित निकाल्ने क्रममा रियालका लागि बेन्जिमाले एक गोल र एक एसिस्ट गरेका थिए ।
११ औं मिनेटमा रियालले अग्रता लियो ।

अलाभेसका डिफेन्डर छिमो नाभारालेले रियालका फर्लान्ड मेन्डीलाई डिबक्समा लडाएपछि पाएको पेनाल्टीलाई बेन्जिमाले गोल गर्न सफल भए । त्यो पेनाल्टीमा भिएआरको सहायता लिइएको थियो । पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियालले दोस्रो हाफमा अर्को गोल गर्यो । जसमा दोस्रो हाफको सुरुमा नै रोद्रिगोको पासमा बेन्जिमाले मिलाइ दिएको बललाई मार्को एसेन्सियोले गोल गरे । तर उनको त्यो गोललाई रेफ्रिले अफसाइड दिए पनि फेरि भिएआरले गोलको मान्यता दियो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...