नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिको परिकल्पना तथा जिल्ला समिति मकवानपुरको संयोजनमा ननिदाएका शिक्षकहरु विषयक साप्ताहिक शैक्षिक कार्यक्रमको दोस्रो श्रृंखला शुक्रबार सम्पन्न भएको छ । संगठन राष्ट्रिय समिति महासचिव हंस बहादुर साहीको आतिथ्यता तथा समिक्षक मध्यपश्चिमाचल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले शुभकामना ब्यक्त गर्नुभएको कार्यक्रममा संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहालले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लकडाउनसंगै देशको शिक्षा क्षेत्र अन्यौलग्रस्त हुनपुगेको र बिभिन्न टिक्का टिप्पणी हुन थालेपछि शिक्षाका क्षेत्रमा बिभिन्न नवप्रवर्तनीय प्रयासहरु हुन थालेका छन् । यसै सन्दर्भलाइ लिएर नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर जिल्ला समितिले ननिदाएका शिक्षकहरु विषयमा आफ्नो क्षेत्रमा शिक्षकले गरेका सकरात्मक शैक्षिक अभ्यासलाइ उजागर गर्न यस्तो कार्क्रमको आयोजना गरेको बताएको छ । कार्यक्रमको प्रस्तुती पछि समीक्षा गर्दै समिक्षक प्रा.डा. नन्दबहादुर सिंहले संगठनको यस्तो प्रयास बिल्कुलै नौलो र प्रशंसनीय रहेको भन्दै खुलेर प्रसंसा गरेका थिए । देशभरी छरिएर रहेका शिक्षकका नवप्रवर्तनीय कार्य प्रस्तुत गर्नु कार्यक्रमको उद्देश्य रहेको भन्दै परिकल्पनाकार नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले मकवानपुर जिल्ला समिति कार्यक्रमका लागि बधाइको पात्र बनेको बताएका हुन् ।

यता प्रमूख अतिथि संगठन राष्ट्रिय समिति महासचिव हंस सहीले भने मकवानपुर जिल्ला संगठनको मातृजिल्ला भएकोले पनि यसले आफ्नो विरासतलाइ कायम गरेको मात्र नभइ देशकै गौरव बढाएको बताएका छन् । कार्यक्रम ननिदाएका शिक्षकहरुले शिक्षकहरुको उर्जा अझै थप्नेमा आफू विस्वस्त रहेको समेत उनले बताएका हुन् ।

साप्ताहिक रुपमा प्रत्येक शुक्रबार साँझ ८ बजेदेखि सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण हुने कार्यक्रम ननिदाएका शिक्षकहरु संगठन जिल्ला प्रचार विभाग मकवानपुर प्रमुख सुनिल गौतमले सञ्चालन गरेका हुन् भने कार्यक्रमको बारेमा प्राप्त प्रतिक्रियालाइ प्राविधिक समिति सदस्य सुवास खनालले प्रस्तुत गरेका थिए । देश विदेसमा समेत हेर्न सकिनेगरी तयार पारिएको कार्यक्रमलाइ मिडिया पार्टनरका रुपमा भने अनलानपत्र डट कमका पत्रकार जीवन आचार्य, द क्लिकर्स स्टुडियो हेटौंडा, पत्रकार ओम फूयाँल तथा टिम टिभि हेटौंडा रहेको संगठन अध्यक्ष श्रीराम दाहालले जानकारी दिएका हुन् ।