Comments Add Comment

अलङ्कार प्रतिष्ठान नेपाल छायो अनलाइनमा – छैठौं साहित्यिक श्रृंखला सम्पन्न

अलङ्कार प्रतिष्ठान नेपालले आफ्नो नियमित साहित्यिक सन्ध्याको छैठौं श्रृंखला शनिबार सम्पन्न गरेको छ । कवि कवियत्री द्वय विप्लव ढकाल र पद्मा अर्यालको प्रमुख आतिथ्यता रहेको कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भारती न्यौपाने दाहालको अध्यक्षतामा सम्पन्न भएको हो । नेपाली साहित्यको उत्थानमा क्रियाशील अलङ्कार प्रतिष्ठान नेपालले लकडाउनको विषम परिस्थितिलाइ मध्यनजर गर्दै हाल आफ्नो कार्यक्रमलाइ अनलाइनमार्फत सञ्चालन गर्दै आएको छ ।

करिव तीन दर्जन साहित्यकारहरुको उपस्थिती रहेको अनलाइन साहित्यिक कार्यक्रममा काब्य विधाका उत्कृष्ठ रचनाहरु वाचन गरिएका थिए । देशप्रेम, राष्ट्रियता, श्रृङ्गारिक तथा जीवन भोगाइका बिभिन्न आयामहरु समेटिएका रचनाहरु कार्यक्रममा वाचन गरिएका थिए । प्रतिष्ठानकी सहसचिव सावित्रा पाण्डे काफ्लेले सञ्चालन गर्नुभएको कार्यक्रममा देश विदेशका ख्यातिप्राप्त बरिष्ठ साहित्यकारहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा साहित्यकारहरु दुर्गा गौतम, अमृता भट्टराइ,मीरा प्रसाइ, सुनिल गौतम, सुनिता गाइजु, शेखर पाण्डे, अर्जुन ढकाल, रसिक सापकोटा, कुमार खत्री, गणेशप्रसाद गैह्रे, सृजन अविरल, सुन्दरी घिमिरे खतिवडा, अनिता पुन, दधिराम गेलाल, सविन लम्साल, दुर्गा लोहनी, भवानी पौडेल, मेनका वाग्ले, दीपक फूँयाल, दिनेश घिमिरे, कमला पोखरेल, प्रसिद्ध पराजुली, रमेश पोखरेल, सीता गुरागाइँ, शान्ति थापा, सरस पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

निर्झरिणी बनर्जी जोशीले स्वागत गर्नुभएको कार्यक्रमलाइ प्रतिष्ठानकी कोषाध्यक्ष लक्ष्मी थापाले धन्यवाद ज्ञापान गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

कोरोना र अनुत्तरित प्रश्नहरु

कोरोनाका कारण २५ शिक्षकको मृत्यू