
पोखरा स्थित रहेको सेती नदिको खोचमा अड्किएका १ जनालाई नेपाल प्रहरीको उद्दार समूहले सकुशल उद्दार गर्न सफल भएको छ । पोखरा महानगरपालिका वडा नं. ०९ पार्वती टोल स्थित रहेको सेती नदिको खोचमा आफ्नो कुकुर अड्किए पछि उक्त कुकुरलाई बचाउन लाग्दा म्याग्दी घर भई हाल सोही स्थान बस्ने वर्ष २३ का आकाश गुरुङ खोचमा खसेका थिए ।
खोचमा खसेका गुरङलाई स्थानीयहरुले देखेपछी प्रहरीलाई खबर गरे पश्चात तत्कालै गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराको उद्दार समूह र वडा प्रहरी कार्यालय वैदाम कास्कीको प्रहरी टोली उक्त स्थानमा निजको उद्दारको लागि खटिएको थियो । प्रहरीले निज गुरुङलाई उक्त खोचमा अड्किएको अवस्थामा देखेपछि खोचबाट सकुशल उद्दार गरिएको हो । उद्दार गरिएका गुरुङको अवस्थाम समान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




