Coronavirus COVID-19

रोट्र्याक्ट क्लबद्धारा प्राथमिक उपचार तालिम सम्पन्न

[Ads]

Advertisement

हेटौडा – रोट्र्याक्ट क्लब अफ मकवानपुर र रोट्र्याक्ट क्ल अफ काठमाडौं युनिभर्सिटि मेडिकल स्कुलको आयोजनामा एक दिने सामान्य प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । हेटौंडा ७ न्यूरेनी चिसापानीमा रहेको पशुपति मन्दिरको सभाहलमा कार्यक्रम भएको हो ।

संगालो टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।कार्यक्रममा रोट्र्याक्ट क्लब अफ काठमाडौं युनिभसिंटी मेडिकल स्कुलका सदस्यहरु रइशा मैनाली, प्रमिसा पौडेल र नागस्वती सहरी स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी अञ्जिता रिमालले सहजिकरण गरेका थिए ।

तालिममा स्थानीय टोल विकास संस्थाका ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । संयुक्त रुपमा तालिम सञ्चालन गर्नका लागि रोट्र्याक्ट क्ल अफ काठमाडौं युनिभर्सिटी मेडिकल स्कुलसँग रोट्र्याक्ट क्लब अफ मकवानपुरका कम्युनिटी सर्भिस डाईरेक्टर सुजित पोखरेलले समन्वय गरेका थिए ।

हेटौंडा ७ मा रहेको संगालो टोल विकास संस्था र नागस्वती सहरी स्वास्थ्य केन्द्रको संयोजनमा कार्यक्रम भएको हो । तालिममा सहभागीहरुलाई घटना घटेपछी स्वास्थ्य संस्था लैजानुभन्दा अगाडी गर्नुपर्ने सावधानी र उपचारको विधिबारे जानकारी गराईएको रोट्र्याक्ट क्लब अफ मकवानपुरका सहसचिव प्रदीप कुमार राईले जानकारी दिए ।

कार्यक्रममा रोट्र्याक्ट क्लब अफ मकवानपुरका अध्यक्ष महेन्द्र राना मगर, पूर्व अध्यक्ष विजय पौडेल, नागस्वती स्वास्थ्य केन्द्रका रेखा मैनाली लगायतकाको आतिथ्यता रहेको थियो ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...