Comments Add Comment

मधेस प्रदेशमा लागुऔषधसहित ६ सय ५ जना पक्राउ

मधेस प्रदेश लागुऔषधको केन्द्रबिन्दु बनेको छ। भारतसँगको खुला सीमासँग जोडिएको यस प्रदेशमा दिनहुँ तीन जनाभन्दा बढी व्यक्ति लागुऔषधसहित पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। मधेस प्रदेशको प्रहरीको तथ्यांकअनुसार चालु वर्षको ६ महिनामा लागुऔषधसहित ६ सय ५ जना पक्राउ परेका छन्।

मधेस प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार प्रदेशको आठ वटै जिल्लाबाट साउनदेखि पुससम्म ५ सय ९४ पुरुष र ११ महिलालाई लागुऔषधसहित पक्राउ गरिएको छ। प्रहरीले यस अवधिमा गाँजा १ हजार ७ सय १९ केजी, ब्राउन सुगर १३४ ग्राम, चरेस ४६ केजी, हिरोइन ८३ ग्राम, डाइलेक्स डिसी ९० लिटर, ट्याब्लेट ४० हजार ७ सय २८ पिस र इन्जेक्सन २२ हजार ४ सय ४६ पिस बरामद गरेको प्रवक्ता कार्कीले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर