कैलालीस्थित गोदावरी नगरपालिका–९ बल्मीका परशुराम रोक्का मगरले श्रीमती भावना रोक्का मगरको हत्या गरेका छन्। घरायसी विवादका क्रमका रोका मगरले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी नवराज पोखरेलले जानकारी दिए। उनले अभियुक्त फरार रहेकाले उनकोे खोजी भइरहेको पोखरेलले बताए।