राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल भ्रमणमा रहेका ब‌ंगलादेशी समकक्षी मोहम्मद अब्दुल हमिदको स्वागतमा रात्रिभोज गरेकी छन् । आफ्नो निमन्त्रणामा ४ दिने नेपाल भ्रमणमा आएका बंगलादेशका राष्ट्रपति हमिदको स्वागतमा बुधबार रात्रिभोजको आयोजना गरेकी थिइन् ।

राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति थियो ।