Comments Add Comment

हेटौंडा ७ नागस्वतीमा जारी फुटबलमा न्यु चिसापानी विजयी,आज पनि दुई खेल हुने

हेटौंडा –७ नागस्वतीमा जारी फुटबल प्रतियोगितामा न्यु चिसापानीले विजय सुरुवात गरेको छ । बडा दशैंको अवसरमा जारी फुटबल प्रतियोगितामा सोमबार दुई खेल भएका छन् । प्रतियोगिताको पहिलो खेलमा न्यु चिसापानीले नवज्योति फुटबल टिमलाई १–० गोलले पराजित गरेको छ । खेलको म्यान अफ द म्याच चिसापानीका रोहित दोङ भएका छन् । त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा ७ नंम्बर भेट्रान्स र जागरण फुटबल टिम १–१ गोलको बराबरीमा रोकिएको छ ।

त्यस्तै प्रतियोगीता अन्तर्गत आज पनि दुई हुने भएको छ । आज दिउँसो २ बजे स्मृति फुटवल क्लब र नर्मल मुस्कानका बिच खेल हुने छ भने दोस्रो खेल आदर्श फुटबल क्लब र अग्राठे फुटबल क्लबका बिच हुने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २३ गते हुने छ । प्रतियोगिताको प्रथम हुने टिमले ४५ किलोको खसि , शिल्ड र प्रमाण पत्र प्राप्त गर्नेछन भने दित्तिय हुने टिमले ३५ किलोको खसि ,शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडि , हरेक खेलको म्यान अफ द म्याच लाई पनि आकर्षक पुरस्कारको व्यवस्था रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर