गायक प्रकाश तामाङ्ग (तितुङ) को स्वरमा दशैँ तिहारको नयाँ गीत सार्वजनिक भएको छ । “दशैँ आयो तिहार आयो” भन्ने बोलको गीतमा गायक प्रकाश तामाङ्ग तथा सुमिना लो , सुलभ तामाङ्ग र सृजना तामाङ्गको स्वर रहेको छ ।

सोमबार दिउँसो मोक्तान डिजिटल युट्युव च्यानलबाट गीत सार्वजनिक भएको हो । नेपालीहरुको महान चाड बिजया दशमी तथा दिपावलीको अवसरमा उक्त गीत दर्शक श्रोता माझ बजारमा ल्याएको गायक तामाङ्गले बताए । गीतमा सुलभ तामाङ्गको शब्द रहेको छ भने संगित सुलभ र गायक प्रकाश तामाङ्गले नै भरेको छ ।

म्युजिक भिडियोमा गायक प्रकाश तामाङ्ग , नग्मा श्रेष्ठ , चर्चित ढुंगेल, पार्वती वाईबा र जङ्बु श्रेष्ठ तथा बाल कलाकार आलोक रानाभाट र दिपिका पाठकको अभियन रहेको छ । भिडियोको निर्देशन साजन कडेंलले गरेको छ ।

गायक प्रकाश तामाङ्गले गत वर्ष तिहारको गीत “सप्तरङ्गी टिका” बोलको गीत ल्याएको थियो । उक्त गीत दर्शकले अत्याधिक मन पराएका थिए । उक्त गीतलाई युट्युवमा पच्चीस लाख भन्दा बढीले हेरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4298 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू