Coronavirus COVID-19

स्पेनमा कोरोनाले फुटबल प्रशिक्षकको निधन

[Ads]

Advertisement

कोरोना भाइरसको संक्रमणका कारण स्पेनमा एकजना युवा फुटबल प्रशिक्षकको निधन भएको छ । ल्युकेमियाबाट पनि ग्रसित रहेका २१ वर्षे फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सियाको निधन भएको हो।

उनी मालागामा रहेको एथ्लेटिको पोर्ताडा अल्ताको युवा टिमका प्रशिक्षक थिए । कोरोना भाइरसको संक्रमणको लक्षणसहित उनी अस्पताल गएपछि मात्रै उनमा क्यान्सर पनि रहेको थाहा भएको थियो।

उनलाई स्वासप्रस्वासमा समस्या भएको थियो । उनी अस्पताल गएपछि कोरोना भाइरस तथा निमोनियासँगै क्यान्सर पनि रहेको थाहा भएको थियो । उनको आइतबार निधन भएको हो।

मालागामा कोरोना भाइरसका कारण निधन हुने उनी कम उमेरका व्यक्ति हुन् । मालागामा कोरोनाका कारण मृत्यु भएका अरु चारजना ७० वर्ष भन्दा माथिको उमेरका छन् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...