हारसँगै अफगानिस्तान घर फर्किए

Company Register
Google

विश्वकप क्रिकेटमा अफगानिस्तान अँकविहीन घर फर्किएको छ । बिहिबार भएको लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानिस्तान अंकविहीन बन्दै घर फर्किएको हो ।
वेष्ट इण्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ५० ओभरमा अलआउट हुँदै २८८ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इक्राम अलिखिल र रहमत साहले अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । विश्वकपमा सर्वाधिक कम उमेरमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका अलिखिलले ८६ रन बनाए । रहमतले ६२ रन बनाए । वेष्ट इण्डिजका लागि कार्लोस ब्रैथवेटले ४ तथा केमार रोकले ३ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । वेष्ट इण्डिजका साही होप, इभिन लुइस र निकोलस पुरनले अर्धशतकीय इनिङ्स खेले । होपले सर्वा्धिक ७७ रनको इनिङ्स खेले । ९२ बल खेलेका उनले २ छक्का र ६ चौका प्रहार गरे । अफगानिस्तानका डलट जद्रानले २ तथा मोहमद नाबी, सायद सृजाद र राशिद खानले समान १र१ विकेट हात पारे ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...