छैटौं हेटौडा भेट्रान्स कपको उपाधि बगरभाईलाई

अनलाइन पत्र संवाददाता२०७७-१०-१० No Comments

हेटौंडाको हुप्रचौरमा भएको छैटौं हेटौडा भेट्रान्स कप एट ए साइड फुटबल प्रतियोगिताको उपाधि बगरभाइ खलक पोखराले जितेको छ । शनिबार भएको फाइनल खेलमा बगरभाइले उपाधि आफ्नो पोल्टामा पारेको हो । खेलको दोस्रो हाफको ४० औं मिनेटमा मनोज गुरुङले गरेको थियो । गुरुङले गरेको गोल नै बगरभाईको लागि उपाधि जित्ने निर्णायक गोल बन्यो । खेलको म्यान अफ द म्याच बगरभाइका नरेश श्रेष्ठ घोषित भए ।

विजेता र उपविजेता टिमलाई हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महत र बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले नगद, शिल्ड र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा विजेता बगरभाइ खलक पोखराले प्रमाण पत्र, शिल्ड र नगद १ लाख १ हजार १ सय ११ रुपैया प्राप्त गरेका थिए भने उपविजेता सानो गौचरण काठमाडौंले नगद ५१ हजार १ सय ११ रुपैया प्राप्त गरेका थिए । खेलमा उत्कृष्ट मिडफिल्डर बगरभाइका राजकुमार केसी, उत्कृष्ट फरवर्ड बगरभाइका मनोज गुरुङ ्,उत्कृष्ट डिफेन्स सानो गौचरणका चुन बहादुर थापा, उत्कृष्ट गोलकिपर बगरभाइका दिलिप क्षेत्री उत्कृष्ट समुह कोच बगरभाइका अन्जन देवकोटा, उत्कृष्ट खेलाडी बगरभाइका इश्वर गुरुङ चन्द घोषित भएका थिए । उनीहरुलाई जनही ५ हजार पुरस्कार प्रदान गरीएको थियो । बगरभाइ खलक पाचौं हेटौंडा भेट्रान्स कपको विजेता थिए ।

Ad
Ad