यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजयउत्सब मनाईयो



Advertisement
मकवानपुरको ऐतिहासीक मकवानपुरगढीको २५८ औं विजय उत्सब कार्यक्रम आज मनाईएको छ । मकवानपुरगढी बिजयउत्सब मुल समारोह समितिको आयोजनामा आज कार्यक्रम गरिएको हो । कार्यक्रमका अध्यक्ष तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले गढीको इतिहास, महत्व र अहिले पर्यटकिय क्षेत्रको विकासका रुपमा अगाडी वढाउँदै लगिएको बताएका छन् ।

कार्यक्रममा मकवानपुर क्षेत्रनम्बर १ का निवर्तमान सांसद कृष्ण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, गाउँपालिकाका उपाध्यक्ष हर्कमायाँ रुम्बा, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, मकवानपुरगढी २ का वडा अध्यक्ष बखानसिंह पाख्रिन लगायतकाले बिजय उत्सबको शुभकामना व्यक्त गरेका थिए ।