हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरीमा नेकपा र राप्रपा पार्टी परित्याग गरी १ सय १ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस हेटौंडा १३ का वडासभापति चम्फुरत्न लामाको सभाध्यक्षता एवं नगरसभापति आनन्दराम पराजुलीको प्रमूख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा तरुण दल जिल्ला सदस्य आशिष थापाको विशेष पहलमा नेकपा तथा राप्रपाका १ सय १ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई कांग्रेसमा स्वागत गर्दै प्रमूख अतिथि पराजुलीले योग्यता, क्षमता र लगनशिलताको आधारमा पार्टीमा आवश्यक जिम्मेवारी दिने बताउँदै कांग्रेसमा लागेर कसैले पनि पछुताउन नपर्ने बताउनुभयो । कार्यक्रममा तरुण दल नगर सभापति सुनिल गिरी, कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले मन्तव्य राखेका थिए ।