आजबाट हेटौंडा कुलेखानी हुँदै काठमाण्डौ जोड्ने छोटो दूरीको सडक दुई महिनाका लागि बन्द भएको छ । वाग्मती प्रदेशको यातायात पूर्वाधार निर्देशनालय, हेटौंडाका अनुसार निर्माणाधीन भीमफेदी–कुलेखानी सडकका घुम्तीमा ढलान हुने भएकाले सडक बन्द गरिएको जानकारी दिएका छन् । भीमफेदी–कुलेखानी १६ किलोमिटर सडकखण्डमा मोड सुधार, सडक चौडालगायतका कार्य भइरहेको छ । भीमफेदी–कुलेखानी सडक बन्द भएपछि हेटौंडाबाट काठमाण्डौ जान अब त्रिभुवन राजपथ, कान्तिलोकपथ वा पृथ्वी राजमार्गबाट जानु पर्ने भएको छ ।