हेटौंडाको रातोमाटेमा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१५ रोतोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बा ४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा मोटरसाइकलमा सवार बारा परवानीपुर बस्ने २६ बर्षीय प्रतिक क्षेत्रीको मृत्यु भएको जनाइएको हो।