Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

विद्यालय समायोजन र एकीकरणको प्रक्रिया थालनी -मकवानपुर गढीमा दरवन्दी मिलान गरिने

Company Register

Advertisement

शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ जारी गरेसंगै समायोजन र एकीकरण तथा दरवन्दी मिलानको कार्य अघि बढाउने भएको छ । विद्यालय समायोजन तथा एकीकरणको कार्यलाइ आज भएको सरोकारवाला संगको अन्तर्क्रिया पछि अघि बढाउने भनिएपनि दरवन्दी मिलानको कार्य भने करिव अन्तिम चरणमा पुगेको मकवानपुरगढी गाउँपालिका सामाजिक विकास संयोजक जितबहादुर घिमिरेले बताए ।


विद्यार्थी भएका विद्यालयले शिक्षक पाउनुपर्ने र शिक्षक वितरणको प्रक्रियालाइ कार्यदलले बनाएको एउटा मानकको आधारमा गरिने बताउँदै घिमिरेले लकडाउनपछि विद्याललय खुलेसंगै विद्यालयले शिक्षक प्राप्त गर्ने जानकारी गराए ।

यता शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सार्वजनिक विद्यालय समायोजन तथा एकीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि २०७७ जेष्ठ ११ मा जारी गरेसंगै मकवानपुर जिल्लामै पहिलोपटक मकवानपुर गढी गाउँपालिकाले समायोजन तथा एकीकरण प्रक्रिया अघि बढाएको हो । कार्यविधि अनुसार हिमाल,पहाड र तराइमा क्रमश १-३ चलेको विद्यालयमा ३०, ४५ र ५० त्यसैगरी १-५ चलेको विद्यालयमा ५०, ७५ र १०० विद्यार्थी भन्दा कम भए एकीकरण वा समायोजनमा जान सकिने मापदण्ड बनाएको छ । त्यसैगरी ६-८ चलेकोमा क्रमश ३०, ४५, ६० कक्षा ६-९ चलेकोमा २०, ३०, ४० र ११ तथा १२ चलेको विद्यालयमा २०, ३० र ४० विद्यार्थी न्यूनतम हुनुपर्ने उल्लेख गरिएको छ ।

समायोजनमा जाने विद्यालयले ब्यवस्थापन समितिबाट निर्णय गराएको कागजात तथा आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । यसरी समायोजनमा जाने विद्यालयले तह हेरी २५ लाख देखि ६० लाखसम्म रकम एकपटकका लागि एकमुष्ट प्रोत्साहन स्वरुप अनुदान पाउने कार्यविधिमा उल्लेख छ । त्यसैगरी डिग्रेडिङ् भइ रहने विद्यालयले पनि न्यूनतम २ लाख पचास हजारदेखि ५ लाखसम्म त्यस्तो रकम प्राफत गर्नेछन् । संस्थागत विद्यालय सामुदायीक विद्यालयसंग समायोजन हुन आएमा न्यूनतम २० देखि ५० लाखसम्म तह अनुसार प्राप्त गर्नेछन् ।

सरोकारवालाको अन्तर्क्रिया कार्यक्रम आयोजना गर्दै मकवानपुरगढी गाउँपालिकाले स्वेच्छिक रुपमा पहिलो चरणमा समायोजन हुन चाहने विद्यालयलाइ प्रक्रिया पूरा गरी आउन आग्रह गरेको हो । पालिका अध्यक्ष बिदुर हुँमगाइको अध्यक्षतामा बस्को भेलामा सामाजिक विकास संयोजक जितबहादुर घिमिरे, वडा नं ६ का अध्यक्ष टिका दाहाल, वडा नं ३ अध्यक्ष भागवत तिमल्सेना, गाउँ शिक्षा प्रमूख रामबहादुर घलान, शिक्षक महासंघ गढी पालिका अध्यक्ष लिलानाथ ढुङ्गेल सहअध्यक्ष होम नेपाली, उपाध्यक्ष राजु सञ्जेल, सचिव भवनाथ गौतम , शिक्षक संगठन अध्यक्ष शिबप्रसाद लामिछाने, शिक्षक संघ अध्यक्ष प्रल्हाद घिमिरे, एकिकृत शिक्षक संगठन अध्यक्ष यादवराज अधिकारी, शिक्षक संघ मकवानपुर सचिव केशव देवकोटा, शिक्षक संगठन मकवानपुर प्रचार विभाग प्रमूख सुनिल गौतम शिक्षा समितिका मान कुमारी पाख्रिन बिष्णु दंङ्गाल लगायत सरोकारवाला विद्यालयका प्रधानाध्यापक तथा ब्यवस्थापन समिति अध्यक्ष हरुको उपस्थिती रहेको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...