हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा पाँच जना फाइनलमा प्रवेश गरेका छन् । शनिबार ६ जना प्रतिस्पर्धीले आफ्नो गायन प्रस्तुत गरेका थिए । शनिबार भएको प्रस्तुतीबाट आइतबार राजेश दर्नाल बाहिरिएका छन् ।

निर्णायकको मुल्याकंन, टिकट र एसएमएसबाट प्राप्त भएको भोटिङको आधारमा उनी बाहिरिएका हुन् । आइतबारको प्रस्तुतीबाट फाईनलमा अनिता मोक्तान , प्रेमलाल बैठा, सुस्मिता श्रेष्ठ, दीपेश श्रेष्ठ र सुसन शाही ठकुरी प्रवेश गरेका छन् । उनीहरुलाई टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न समय खुला भइसकेको हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताइन् ।