मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० स्थित टिसिएन चौरमा जारी महोत्सवको तेह्रौँ तथा अन्तिम दिन । आज सोमबार चर्चित गायिका रचना रिमाल र संगीतकार तथा गायक चेतन सापकोटा आउने भएका छन् । रचना रिमाल सुगम र लोकगीत संगीतका कारण चर्चामा छिन् । नेपाल आइडलबाट बाहिरिएपछि विभिन्न लोकप्रीय गीतबाट चर्चामा आएकी रचनाको दर्जन बढी गीतहरु नेपाली दर्शकले रुचाएका छन् ।
महोत्सवको बाह्रौं दिन हिजो आइतबार युवा पुस्तामा चर्चित रहेका गायिका शान्तिश्री परियार र गायक सुजील कर्माचार्यले आफ्नो सांगीतिक प्रस्तुती दिदैं हेटौंडेली दर्शकहरुलाई नचाएका थिए । आइतबार करिब करिब ६ हजार भन्दा बढी दर्शकले अवलोकन गर्दा ४० लाख बराबरको कारोबार भएको आयोजकको अनुमान छ । आज अन्तिम दिन हेटौंडा आइडलको फिनाले हुदैछ ।