Comments Add Comment

हेटौंडा–११ थानाभ¥याङमा गाडीको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडामा एकाबिहानै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हेटौंडा–११ थानाभ¥याङमा आज बिहानै एक पैदलयात्रीलाई नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्वरको हात्ति गाडीले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेको सनाखत भईनसकेको प्रहरीले बताए । प्रहरीका अनुसार मृत्यु हुने अन्दाजी ४० वर्षीया महिला रहेको छ । मृतक महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै