आज हुने भनिएको वागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । गत माघ १९ गते तोकिएको बैठक विशेष कारण भन्दै फागुन ५ गते आज दिउँसो २ बजेको लागि बैठक बोलाएको थियो । तर अन्तिम समयमा आएर बैठक स्थगित गरिएको छ । अर्को सूचना नभए सम्मको लागि बैठक स्थगित प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् ।