नेपालको चर्चित सांगीतिक व्याण्ड कुमा सागर तथा द खोपाले हेटौंडामा आफ्नो विशेष सांगीतिक प्रस्तुति दिने भएका छन्। पुस २६ गते, शुक्रबार, हेटौंडाको भुटनदेवी विद्यालय चौरमा आयोजना हुने यस कार्यक्रमको व्यवस्थापन नेपाल साउण्ड वेभ्स् इभेन्टस्ले गरेको छ। नेपाली संगीतमा आफ्नो पृथक पहिचान बनाएको यस व्याण्डले “फुरफुर…”, “चमेली फूल…”, “हावाको लहर…”, “ओ चम्फा…”, र “छहरी सरि…” जस्ता चर्चित गीतहरू प्रस्तुत गर्ने छ।

कार्यक्रमलाई एजुकेशनल पार्टनरको रूपमा हेटौंडा-६ स्थित फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले समर्थन गरेको छ। कन्सल्टेन्सीले आफ्नो फेसबुक पेजमा प्रचार सामग्री शेयर, कमेन्ट, र लाइक गर्ने सहभागीहरूलाई विशेष छुटमा टिकट उपलब्ध गराउने व्यवस्था गरेको छ। यस अतिरिक्त, उत्कृष्ट २० सहभागीलाई निशुल्क टिकट प्रदान गरिने जनाइएको छ।

फ्रयाङ्कलिन एजुकेशन कन्सल्टेन्सीले शिक्षा क्षेत्रमा मात्र नभई कला-संस्कृति र खेलकुद क्षेत्रमा पनि योगदान दिँदै आएको छ। उच्च शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई युके, क्यानडा, अष्ट्रेलिया, जर्मनी, र अन्य देशहरूमा सेवा प्रदान गर्दै आएको कन्सल्टेन्सीको सञ्जाल हेटौंडा, काठमाडौं, पोखरा, लण्डन, र क्यानडासम्म फैलिएको छ।

कुमा सागर तथा द खोपाको प्रस्तुति हेटौंडामा सांगीतिक रमझमका लागि प्रतीक्षित कार्यक्रम बनेको छ। कार्यक्रमप्रति स्थानीय दर्शकहरूको चासो र उत्साह उच्च रहेको छ।