
हेटौँडा उपमहानगरपालिका वडा न.–५ स्थित पिप्लेमा रहेको मत्स्य विकास केन्द्रको पोखरीमा गोही फेला परेको छ । पोखरीमा मंगलबार दिउँसो २ बजेतिर स्थानियले गोही फेला परेको हो ।
स्थानियले गोही देखिएपछि जिल्ला वन कार्यालय मकवानपुरको टोलीले समातेर चितवन पठाउन खोज्दा फुत्किएर पुनः पोखरीमै पसेको सव–डिभिजन वन कार्यालय हेटौँडाका फरेष्टर यदुकुमार घिमिरेले बताए । गोही फुत्किएर पोखरीमा नै पसेकोले आक्रमण गर्न सक्ने भएकोले सावधानी रहन स्थानियलाई सुझाव दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




