
त्रिभुवन राजपथ अन्तरगत बाघझोरामा गत आईतबार सरकारी गाडीले ठक्कर दिएर घाईते भएको मोटरसाईकल चालक हेटौँडा – ४ का २२ वर्षिय सुजन कार्कीको निधन भएको छ ।
हेटौँडाबाट काठमाण्डौँ जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको गाडीले हेटौँडा आउँदै गरेको ना ५४ प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा टाउकोमा चोटलागि गम्भीर घाइते भएका कार्कीको हेटौँडामा उपचार हुन नसकेपछि थप उपचारका लागि भरतपुर रेफर गरिएको थियो । उनको उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मंगलबार राति ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






