मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले करारमा नियुक्त कर्मचारीहरुको करार सम्झौताको नविकरण नगर्ने निर्णय गरेको छ । शुक्रबार मकवानपुरगढी ३ मक्रान्चुली स्थित गाउँपालिकाको कार्यालयमा बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । शुक्राबर साँझ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले सुचना जारी गर्दै करार कर्मचारीहरुको म्याद थप नहुने जनाएको छ ।

अघिल्लो सरकारले विभिन्न पदमा ८० जना करारका कर्मचारीहरु नियुक्त गरेका थिए । सुचनाको अनुसार करार कर्मचारीहरुको करार सम्झौता आज असार ३२ गतेसम्म मात्र रहेको छ । गाउँपालिकाको हालको वित्तिय अवस्था कमजोर रहेको हुँदा हाललाई करारका कर्मचारीहरुको यहि साउन १ गते आईतबारबाट म्याद थप नहुने भएकाले हाजिरी नगरी दिन अनुरोध समेत गरेको छ । करारका कर्मचारीहरु मध्ये गाउँपालिकाको कार्यालय वडा कार्यालय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपका सन्दर्भमा कृष्ण प्रसाद बजगाईको नेतृत्वमा एक समिती गठन गरि समितिले साउन १५ गते भित्र कार्यपालिकालाई सिफारिस गर्ने छ साथै थप गर्ने कर्मचारीको विवरण अर्को कार्यपालिकाबाट निर्णय भई केहि म्याद थप हुने गाउँपालिकाले जनाएको छ ।

अघिल्लो सरकारले गाउँपालिकामा सुचना प्रविधि १ जना, न्यायिक सहजकर्ता १ जना , गरिबी निवारणका लागि लघु उधम कार्यक्रमका कर्मचारी १ जना , प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका संयोजक तथा रोजगार प्राविधिक २ जना, पन्जिकरण शाखा अन्तर्गत कृषिबाट ७ तथा पशु प्राविधिक ८ जना २ जना पशु ज्यालादारी ४ जना संघीय सशर्त, स्वास्थ सेवा अन्तर्गतका सबै कर्मचारीहरु अहेब ४ जना अनमी ८ जना त्यसैगरि कार्यालय सहयोगी ८ जना र ल्याव असिस्टेन २ जना रोभिङ १ जना र विद्यालय नर्स ३ जना गाउँपालिका तथा वडाका सिभिल ईन्जिनियर १ जना वडा प्राविधिक कर्मचारी ८ जना रहेका छन् ।

त्यसैगरि नक्सा शाखा अन्तर्गत ईन्जिनियर १ जना तथा अमिन १ जना, हलुका सवारी चालकहरु ३ जना साथ साथै गाउँपालिका वडा कार्यालय सहयोगीहरु १० जना र पालिका तथा वडाका बालमैत्री सहजकर्ताहरु ९ जना गरि ८० जना करार कर्मचारीहरु नियुक्त गरेका थिए । साथै दैनिक ज्यालादारीमा रहेका ४ जना म्याद थप नहुने साथै विद्यालय नर्स प्रदेश मार्फत सम्झौता हुने भएकोले म्याद थप हुने गाउँपालिकाले जनाएको छ ।