बागमती प्रदेशले स्वास्थ्य र कृषिलाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष ०७७–७८ को नीति तथा कार्यक्रम अघि सारेर आज बजेट ल्याउँदै छ । प्रदेश सरकारले कृषि र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकता दिँदै आगामी आवमा ५० अर्बको बजेट ल्याउने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

नीति तथा कार्यक्रमका योजनालाई समेट्ने गरी कृषि र स्वास्थ्य क्षेत्रमा धेरै बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ । बजेटमा प्रदेश सरकार मातहतका आठवटा सरकारी अस्पतालको सुधार उच्च प्राथमिकतामा परेको छ । मुख्यमन्त्री डोरमणि पौडेलले बजेटको तयारीका क्रममा अहिले परिस्थितिलाई मध्यनजर गर्दै बजेटको तयारी गर्न मन्त्रालयका मन्त्री र सचिवहरूलाई निर्देशन दिएपछि बजेटमा कोरोना प्रभावलाई प्राथमिकता दिइएको हो ।