Coronavirus COVID-19

विश्वभर कोरोना भाइरसका कारण ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु

[Ads]

Advertisement

विश्वभर कोरोना भाइरसको संक्रमणबाट ४ लाख ३५ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म विश्वका २१३ मुलुक र २ पानीजहाजमा फैलिएको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख ३५ हजार १६६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ३ हजार २४८ जनाको मृत्यु भएको छ ।

संक्रमित ३४ लाख ४३ हजार ४३९ जनाको उपचार भइरहेको छ भने ४१ लाख ३ हजार ८९० जना उपचारपछि निको भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा सोमबार बिहानसम्म १ लाख ८२ हजार ८६८ जनाको मृत्यु भएको छ । २२ लाख ५ हजार ८४८ जना संक्रमित भएकोमा ११ लाख ६७ हजार ६६६ जना संक्रमणमुक्त भएका छन् ।

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...