Menu

विहानै काठमाडौंको कान्तिपथमा जिप दुर्घटना, अस्पताल गएका सबै यात्रु फरार ! (भिडियो हेर्नुहोस)

काठमाडौं । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो । द्रुत गतिमा गइरहेको जिप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad