विहानै काठमाडौंको कान्तिपथमा जिप दुर्घटना, अस्पताल गएका सबै यात्रु फरार ! (भिडियो हेर्नुहोस)

अनलाइन पत्र संवाददाता२०७६-०३-२० No Comments

काठमाडौं । काठमाडौंको कान्तिपथमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।ठमेलतर्फबाट जमल जाँदै गरेको बा. ११ च ३६०४ नम्बरको जिप आज बिहान ६ बजे दुर्घटना भएको हो । द्रुत गतिमा गइरहेको जिप एक्कासी बारमा रोक्किँदा दुर्घटना भएको हो ।दुर्घटनालगत्तै स्थानीयले जिपमा रहेका तीन जनालाई उद्धार गरेर ग्रान्डि सिटी अस्पतालमा पुर्‍याएको भए पनि प्राथमिक उपचारपछि तीनै जना फरार रहेको प्रहरीले जनाएको छ ।चालकसहित जिपमा सवार व्यक्तिहरु नै फरार भएपछि उनीहरुको खोजी गर्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । 

By  अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad