Comments Add Comment

‘सरौतो’को ‘कुले दाई’लाई दर्शकको साथ

नेपाली सिनेमा ‘सरौतो’ पहिलो गीत कुले दाई’ सार्वजनिक गरिएको छ। आउँदो कार्तिक २२ गतेलाई प्रदर्शन मिति तय गरिएको सिनेमाको सार्वजनिक लोक शैलीको गीतलाई राजनराज शिवाकोटीले तयार गरेका हुन्। गीतमा उनको शब्द , संगीत र स्वर रहेको छ। गायनमा राजनलाई मिलन नेवारले साथ दिएकी छिन्। ओसआर डिजिटल युट्युवमा सार्वजनिक भएको गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्।

गीतमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंह फिचर्ड छन्। गीतमा सुमी र सन्नी बेहुला तथा बेहुलीको साथीको रुपमा देखिएका थिए। सिनेम्याटोग्राफीमा छुट्टै पहिचान बनाएको नाम हरी हुमागाईंको डेब्यु निर्देशन रहेको सिनेमालाई शुभकामना दिन निर्माता तथा कलाकार दीपकराज गिरी , केदार घिमिरे , एक्टर मनिष श्रेष्ठ , निर्देशक तथा कलाकार आसिफ शाह लगायत उपस्थित थिए।

बिराञ्जना इन्टरटेनमेन्ट , स्क्वायर वान क्रिएसन , राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको सिनेमालाई बद्लाको कथा देखाउने प्रयास गरेका छन्। सिनेमामा सुमी र सन्नीसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य, आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , राजेश रोय , मनोज तामांग लगायतको अभिनय रहेको छ।

सिनेमामा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायांकन , निमेष श्रेष्ठको सम्पादन , कलर प्रविन मानन्धर , ब्याक ग्राउण्ड स्कोर ग्लिटर स्टूडियो , शंकर महर्जनको एक्सन रहनेछ। यसमा राजन राज शिवाकोटी , पुष्पन प्रधान , कमल खत्रीको संगीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , श्रेया सोतांगको स्वर दिएका छन्।

VIDEO

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर