चर्को दबाबपछि भारतीय तरकारी र फलफूलको विषादी परीक्षण रोकियो

अनलाइन पत्र संवाददाता२०७६-०३-२० No Comments

भारतबाट आयात गरिने तरकारी तथा फलफूलको विषदी परीक्षण रोकिएको छ।

भारतको चर्को दबाबपछि सरकार विषादी परीक्षण गर्ने निर्णयबाट पछाडि हटेको हो। बिहीबारको मन्त्री परिषदको बैठकले विषादी परीक्षण हालका लागि रोक्ने निर्णग गरेको हो।

सरकारले असार २ गते राजपत्रमा नै प्रकाशित गरेर नेपालमा आयात हुने फलफूल तथा तरकारीको विषादी परीक्षण गर्नेव्यवस्था गरेको थियो।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले नेपालखबरलाई जानाकारी गराए अनुसार प्रविधिको अभाव भएको तथा दबाबका आउन थाको विषयमा मन्त्री यादवले कृषि मन्त्री चक्रपाणि खनालसँग छलफल गरेका थिए। उक्र छलफलपछि संयुक्त रुपमा यो व्यवस्था हाललाई स्थगित गर्ने प्रस्ताव मन्त्री परिषदमा पुगेको थियो।

बिहीबारको मन्त्री परिषषद्को बैंकले उक्त प्रस्ताव पारिद गरेको हो।

विषादी परीक्षण रोक्न भारतीय दूतावासले सरकारलाई पत्रै काटेर दाबाब दिएपछि सरकार सो निर्णयबाट पछि हटेको बताइएको छ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा २ गते सरकारले राजपत्रमा सूचना प्रकाशित गरी भारतसहित तेश्रो मुलुकबाट आयात हुने ताजा तरकारी र फलफूलको भन्सार विन्दुमै क्वारेन्टाइन र जीवनाशक विषादीको अवशेष परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने व्यवस्था गरेको थियो।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Ad
Ad