आइफ्लिक्समा आयो ‘छक्का पञ्जा २’

अनलाइन पत्र संवाददाता२०७६-०३-२० No Comments

फिल्म ‘छक्का पञ्जा २’ अनलाइन रिलिज भएको छ । दर्शकले अत्याधिक पर्खिएको फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । लामो समयपछि छक्का पञ्जा २ को प्रतिक्षा सकिएको हो ।
आइफ्लिक्समा आएपनि दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ युटुवमा भने रिलिज भएको छैन । सम्भवतः युटुवमा पनि मल्टिस्टारर कमेडी छिट्टै रिलिज हुनेछ । फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शकको साथ अत्याधिक पाएको थियो ।

By अनलाइनपत्र संवाददाता

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

More news from this author
Chat Icon
Ad
Ad