
सुनिल थापा नेपाली चलचित्र क्षेत्रमा निकै सम्मानजनक नाम हो उनको अभिनयलाई मन नपराउने नेपाली दर्शक कमै होलान् । बलिउडमा समेत आफ्नो अभिनयले मन जितेका उनै सुनिल थापा उर्फ राते काइँलाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनी फिचर्ड हिप-हप गीत ‘झ्याम पुतली’ सार्वजनिक भएको छ । चलचित्रमा भिलेनको रूपमा दर्शकको मन जितेका उनी म्युजिक भिडियोमा पनि उही भावको भूमिकामा देखिएका छन् । गीत साइक्लोनिक अर्थात् विधान रेसमी मगर र नेपालको फास्ट र्यापरको परिचय बनाएका बुलेट फ्लो अर्थात् सुरज विक्रम थापाले तयार पारेका हुन् । यी दुई समेत भिडियोमा फिचर्ड छन् ।
यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले । भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा आफूले अभिनय गर्न पाउँदा निकै खुसी रहेको सुनिलले बताए । उनले भने, ’गीतको एउटा हिस्सा हुन् पाउँदा निकै खुसी छु’ ।\
Tags
No tags
About the Author
Related Articles
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






