मकवानपुरे ‘मिस्टर डी’ को ‘बहुला’ म्युजिक भिडियो युट्युवको ट्रेन्डिङ २ मा आएको छ । सोमबार ‘मिस्टर डी’ को आफ्नै अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरेको भिडियो तेस्रो दिनमा युट्युवको दोस्रो स्थानमा आएको हो । भिडियोलाई अहिलेसम्म ५ लाख भन्दा बढीले हेरिसकेका छन् । भिडियोमा अहिलेको अवस्थामा समाजमा घटिरहेको बिक्रित्तिलाई उतारेको छ । अहिलेका युव युवती कुलतमा फसेको विषयलाई भिडियोमा समेटेको छ ।

मिस्टर डीको यस भिडियोलाई सुरज दाहालले निर्देशन गरेका हुन् । सुमन्ज तामाङको छायाँकन तथा सम्पादनमा तयार भएको भिडियोको कन्सेप्ट र कथा मिस्टर डीले नै लेखेका हुन् । सुमन्ज तामाङ र विश्वास बानियाँले बिटमा सहकार्य गरेका छन् । न्याटिभ स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गीतको पोष्ट प्रोडक्सनको जिम्मा न्याटिभ म्यूजिक ईन्सिटिच्यूट–एनएमआई प्रोडक्सनले लिएको छ । म्यूजिक भिडियोमा सिजल उप्रेति,सुनिल गिरी,सुदिप क्षेत्री,युदेन ठकुरी,अषिआयु बाबा , स्वीकृती ढुङ्गेल , पवित्र रिजाल , एलेक्स शाह , विश्व श्रेष्ठको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो